जुलाईको गम्भीर आँधीबाट प्रभावित भएकाहरूका लागि फेमा (FEMA) मादर्ता गर्ने अन्तिम म्याद नोभेम्बर २५मा बितिसकेको भएता पनि, एजेन्सीका प्रतिनिधिहरू अझै पनि प्रश्नहरूको जवाफ दिन रभर्मोन्ट बासिन्दाहरूलाई आफ्ना आवेदनहरू पूरा गर्न मद्दत गर्न उपलब्ध छन्। एजेन्सीले आवेदकहरूलाई सम्पर्कमा रहन पनि प्रोत्साहन दिन्छ, विशेष गरी यदि तिनीहरूसँग ठेगाना परिवर्तन वातिनीहरूका निबेदनहरूमा अन्य थपसुचनाहरु पेस गर्नुपर्ने छन भने।
आफ्नो आवेदन अद्यावधिक गर्न वा प्रश्नहरूको जवाफ प्राप्त गर्नको लागि , फेमा FEMA सहयोगलाइनलाई १-८००-६२१ -३३६२ मा कल गर्नुहोस्। फोन लाइनहरू बिहान ७ बजेदेखि राति १० बजेसम्म चल्छन्। (तपाईंको समय क्षेत्रमा), हप्ताको सात दिन। मद्दत धेरै भाषाहरूमा उपलब्ध छ। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य प्रयोग गर्नुहुन्छ भने, त्यो सेवाको लागि फेमा FEMA लाई आफ्नो नम्बर दिनुहोस्।
भर्मोन्ट बासिन्दाहरू दुई छुट्टाछुट्टै प्रकोप घोषणाहरूको लागि आवेदन दिन योग्य थिए। पहिलो जुलाई ९-११ एडिसन, क्यालेडोनिया, चिटेनडेन, एसेक्स, लामोइल, ओर्लिन्स र वाशिंगटनको निर्दिष्ट काउन्टीहरूमा भएको थियो। दोस्रो घटना क्यालेडोनिया, एसेक्स र अर्लिन्सका तोकिएका काउन्टीहरूमा जुलाई २९-३१ मा भएको थियो
जुलाईको दुबै आँधीबाट प्रभावित भर्मोन्टका बासिन्दाहरुले प्रत्येक घटनाको लागि छुट्टै आवेदन पेश गर्नुपर्छ।
समयसीमा भित्र आवेदन नगर्ने र अझै दर्ता गर्न चाहनेहरूले किन आवेदन छुटेको औचित्य पेश गर्नुपर्छ। औचित्यहरूमा निम्न दस्ताबेज समावेश हुन सक्छन्: अस्पतालमा भर्ना, बिरामी, वा आवेदक वा आवेदकको नजिकको परिवारको सदस्य बिरामी भएको वा असक्षमताको रेकर्ड; परिवारको सदस्यको मृत्यु; वा व्यक्तिगत वा व्यावसायिक यात्राको प्रमाण जसले आवेदकलाई पूर्ण आवेदन अवधिभर आवेदन दिन असर्मथ गरेको छ।
फेमा (FEMA) सहायता विशेषज्ञहरूले आवेदकहरूसँग तिनीहरूले पाउनु पर्ने सबै सहायता रकमहरू प्राप्त गर्दैछन् भनी सुनिश्चित गर्न तिनीहरूसँग सम्पर्क गर्न जारी राख्छन्। अहिलेसम्म, जुलाई ९-११ घटनाको लागि दर्ता भएका कुल २,२८२ आवेदकहरू मध्ये, फेमा(FEMA) ले१,७०६ लाई सम्पर्क गरेको छर थप$१४ लाख स्वीकृत गरेको छ।जुलाई २९-३१ घटनाको लागि, विशेषज्ञहरूले कुल ३१३ मध्ये २४५ आवेदनकर्ताहरूसँग सम्पर्क गरे रथप $२२०,००० स्वीकृत गरे।
नोभेम्बर २५ सम्म, जुलाईको बाढीबाट प्रभावित भर्मोन्ट बासिन्दाहरूले निम्न सहायता प्राप्त गरेका छन्:
- घटना अवधि जुलाई ९-११ को लागि, $९१ लाख भन्दा बढी स्वीकृत गरिएको छ।
- आवास सहायताको लागि $५,३९५ ,१३९
- अन्य आवश्यकताहरूको लागि $३,२५३,१४४
- अमेरिकी साना ब्यबसाय प्रशासन (SBA) बाट कम ब्याजको प्रकोप ऋणको लागि $५०५ ,५००
- घटना अवधि जुलाई २९-३१ को लागि, $१२ लाख भन्दा बढी स्वीकृत गरिएको छ।
- आवास सहायताको लागि $७२८,१८५
- अन्य आवश्यकताहरूको लागि $४७७,१८३
- अमेरिकी साना ब्यबसाय प्रशासन (SBA) बाट कम ब्याजको प्रकोप ऋणको लागि ३१,२००