विलिस्टन भर्मोन्ट - यदि तपाईँ क्यालेडोनिया, एक्सेस वा अर्लेन्स काउन्टीमा र जुलाई 29-31, 2024 को बीचको खराब मौसमबाट प्रभावित हुनुहुन्थ्यो भने विपद् सहायता आवेदन गर्दा तपाईँ व्यक्तिगत रुपमा FEMA को सहयोग प्राप्त गर्न सक्नुहुन्छ ।
तल उल्लेखित विपद् पुनः स्थापना केन्द्रहरु (DRCs) मध्ये कुनै एकमा जानुहोस्, जहाँ FEMA का प्रतिनिधिले तपाईँलाई आवेदन प्रक्रियामा मार्गदर्शन गर्नेछन् । विपद् पुनःस्थापना केन्द्रहरू सोमबारदेखि शनिबारसम्म बिहान 9 बजे देखि साँझ 6 बजे सम्म खुला हुन्छन्।
Waterbury Armory
294 Armory Drive
Waterbury, Vermont 05676
Lyndon सार्वजनिक सुरक्षा सुविधा
316 Main Street
लिन्डनभिल, भर्मोन्ट 05851
Brighton Town Hall
49 Mill Street
आइल्यान्ड पन्ड, भर्मोन्ट 05846
Hinesburg Town Hall
10632 Route 116
Hinesburg, Vermont 05461
तपाईं FEMA को विपद् र पुनःस्थापन सहयोगबारे थप जान्नका लागि DRC मा जान सक्नुहुन्छ। तपाईंले निम्न कार्यहरू गर्न मद्दत पनि प्राप्त गर्न सक्नुहुन्छ:
- सहयोगका लागि आवेदन दिन।
- तपाईंको FEMA को आवेदनको स्थिति थाहा पाउन ।
- फेमाबाट प्राप्त हुने कुनै पनि पत्र बुझ्न ।
- आवास र भाडा सहयोगको जानकारी पाउन ।
- प्रश्नहरूको उत्तर पाउन वा समस्याहरू समाधान गर्न।
- अन्य सहयोग प्रदान गर्ने एजेन्सीहरूको सन्दर्भ प्राप्त गर्न ।
- सानो व्यवसाय प्रशासन (SBA) ऋण कार्यक्रमहरूका बारेमा जान्न।
विपद् सहायता प्राप्त गर्नका लागि तीन अन्य तरिकाहरू छन्: DisasterAssistance.gov मा अनलाइन जानुहोस्, FEMA हेल्पलाइनमा 800-621-3362 मा कल गर्नुहोस्, वा FEMA को मोबाइल एप डाउनलोड गर्नुहोस्।
DRCs का बारेमा थप जानकारीको लागि, fema.gov/drc मा जानुहोस्।
आवेदन कसरी गर्ने भन्ने बारे अमेरिकी सांकेतिक भाषासहितको भिडियो हेर्न, FEMA एक्सेसिबल: न्डिभिजुअल असिस्टेन्स गर्ने रजिस्टरिङ (youtube.com) मा भ्रमण गर्नुहोस्।
नवीनतम जानकारीको लागि ४८२६ | FEMA.gov मा जानुहोस्। फेमालाई X मा https://x.com/femaregion1 र facebook.com/fema मा अनुसरण गर्नुहोस्।
To watch a video about how to apply, featuring American Sign Language, visit FEMA Accessible: Registering for Individual Assistance (youtube.com).
For the latest information visit 4826 | FEMA.gov. Follow FEMA on X (Twitter) at https://x.com/femaregion1 and at facebook.com/fema.