फेमा FEMA सहायताले अन्य सुबिधाहरूलाई असर गर्दैन

Release Date:
अगस्ट 1, 2023

फेमा FEMA बाट प्रकोप सहायताको लागि दर्ता गर्दा अन्य सरकारी सुबिधाहरूको लागि तपाईंको योग्यतालाई असर गर्दैन। 

फेमा FEMA अनुदानहरू करको दायरामा पर्ने आम्दानी होइनन, र तपाईंले अहिले लिइरहुनुभएका कुनै पनि संघीय वा राज्यका सुबिधाहरूलाई नघटाई वा नहटाईकन उक्त अनुदान स्वीकार गर्न सक्नुहुन्छ। यसमा तपाईंको सामाजिक सुरक्षा भत्ता, मेडिकेयर र मेडिकेड सुबिधाहरू, साथै तपाईंले भर्मोन्ट राज्य मार्फत प्राप्त गर्ने पुरक पोषण सहायता कार्यक्रम (SNAP) र रिच अप(REACH UP), वा खाँचोमा परेका परिवारहरूको लागि अस्थायी सहायता समावेश छन।

यदि तपाई क्यालेडोनिया,चिटेनडेन,लामोइले,अरेन्ज,ओर्लेंस, रुटल्याण्ड, वाशिंगटन, विन्डह्याम र विन्डसोर काउन्टीहरूमा बाढीबाट प्रभाबित हुनुहुन्छ भने फेमा FEMA ले तपाईको बीमाले वा अन्य श्रोतहरुले नबेहोरेको र प्रकोपबाट भएको मर्मत खर्चहरु अनुदानमा दिन सक्छ।थप जानकारीको लागि यो वेबपेजमा जानुहोस DisasterAssistance.gov, वा  फेमा मोबाइल एप डाउनलोड गर्नुहोस । फेमा FEMA सहयोग लाइन ८००-६२१-३३६२ मा सम्पर्क गर्न पनि सक्नु हुन्छ। भाषा अनुवादकहरु को व्यवस्था गरिएको छ। भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस। 

पछिल्लो जानकारीको लागि यो लिंकमा जानुहोस:  fema.gov/disaster/4720. टुइटरमा फेमा(FEMA) क्षेत्र १ को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 र फेसबुकमा facebook.com/FEMA. भर्मन्ट राज्यको पुनर्स्थापन प्रक्रियाका अद्यावधिक खबरहरूको लागि, भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सीलाई पछ्याउनुहो twitter.com/vemvt टुइटरमा र फेसबुकमा  facebook.com/vermontemergencymanagement

फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।

Tags:
पछिल्लो अपडेट